दफा ५३
कोष र नेपाल राष्ट्र बैङ्कले समन्वयात्मक कार्य गर्ने
: कोष र नेपाल राष्ट्र बैङ्क दुवैले सार्वजनिक नीतिको उद्देश्य प्राप्ति गर्न र वित्तीय क्षेत्रप्रति सर्वसाधारणको विश्वास सुनिश्चित गर्न एक आपसमा समन्वय र सहयोग पुर्याउन देहाय बमोजिमको कार्य गर्नेछन् :-
(क) तथ्याङ्क र सूचनाको आदान प्रदान गर्न आवश्यक सम्झौता गर्ने,
(ख) बैङ्क तथा वित्तीय संस्थालाई इजाजतपत्र दिँदा र निक्षेप सुरक्षण प्रमाणपत्र प्रदान गर्ने प्रक्रियामा सहयोग पुर्याउने,
(ग) नेपाल राष्ट्र बैङ्कले कुनै बैङ्क वा वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कार्यमा लैजाँदा वा समस्याग्रस्त घोषणा गर्दा कोषलाई सूचना प्रदान गर्ने,
(घ) नेपाल राष्ट्र बैङ्कले कुनै बैङ्क वा वित्तीय संस्थालाई संरक्षकत्व, सम्भावित प्रापक वा वित्तीय लिक्विडेशन प्रणालीको कारबाही गर्दा कोषलाई सूचना दिने,
(ङ) वित्तीय स्थिरतामा कुनै सम्भावित खतरा आउन सक्ने परिस्थिति देखेमा यथाशक्य चाँडो एक आपसमा जानकारी गराउने,
(च) नेपाल राष्ट्र बैङ्कले कुनै बैङ्क वा वित्तीय संस्थालाई निक्षेप संकलनमा रोक लगाएमा, इजाजतपत्र रद्द गरेमा, व्यवस्थापन नियन्त्रणमा लिएमा त्यसको जानकारी कोषलाई गराउने ।